315
Shares
उपप्रधानसहित गृह मन्त्रालय हाँकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) आफ्नो भागमा कानुन मन्त्रालय परे सांसद सोबिता गौतमलाई मन्त्री बनाउने भएको छ। यदि कानुन मन्त्रालय रास्वपाको भागमा नपरे गौतमलाई उपसभामुख बनाउने लगभग समझदारी भएको रास्वपाका एक पदाधिकारीले जानकारी दिए। काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेकी गौतम सबैभन्दा कम उमेरमा मन्त्री हुने कीर्तीमान बनाउने सांसद हुने छिन्। उनले नेशनल कलेजबाट बीए एलएलबी गरेकी छन्। उनी उपसभामुख भएपनि सबैभन्दा कम उमेरमा संसदको सर्वाेच्च तहमा पुग्ने पहिलो महिला बन्नेछिन्।