नेपालमा यती बेला मध्य जाडोको महिना छ । नेपाल लगायत अधिकाशं देशमा जाडो महिना चलिरहेको बेला न्युजिल्याण्डमा भने गर्मीको महिना छ । नेपालको मौसम भन्दा ठीक उल्टो हुने न्युजिल्याण्डको मौसमका कारण नेपालमा जाडो हुँदा यता गर्मी हुने गर्दछ । न्युजिल्याण्डको सबै भन्दा बढी गर्मी हुने ठाउँहरुमा साउथ आईल्याण्डको नेल्सन र नर्थ आईल्याण्डको तउरगाँ, ह्यामिल्टन र अकल्याण्ड पर्ने गर्दछन् । ओजोन तह नभएकाले न्युजिल्याण्डमा सामान्य घाम लाग्दा पनि गर्मी हुने गर्दछ । गर्मीको बेलामा न्युजिल्याण्डबासीहरु समुन्द्र किनारामा रमाईरहेको देख्न सकिन्छ । गर्मी छल्न समुन्द्र किनारामा गएर पौडिनेको संख्या जती छ त्यती नै संख्या ति क्षेत्रमा गएर अवलोकन मात्र गर्नेको छ । अझ शनिबार- आईतबार र अन्य सार्वजनिक बिदाको दिन त समुन्द्र किनारामा खुट्टा टेक्ने ठाउँ समेत पाईदैन ।
आज हामीले न्युजिल्याण्डका बिभिन्न क्षेत्रमा रहेको १० मुख्य समुन्द्र किनारा अर्थात Beach को नाम यहाँहरुलाई जानकारी गराउदैँ छौ ।









