467
Shares
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डेनले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । आफ्नो दोस्रो कार्यकालको समय सकिन ८ महिना अगाडि अर्थात आउदो फेब्रुअरीबाट आफुले राजिनामा दिन लागेको उनले घोषणा गरेकी छिन् । उनले आफु अर्को कार्यकालको लागि प्रधानमन्त्री नबन्ने समेत घोषणा गरेकी छिन् । उनले प्रधानमन्त्रीको पदमा ६ वर्ष आफ्नो कार्यकाल चुनौतीपूर्ण रहेको भन्दै अब आफुलाई ब्रेक चाहिएको बताईन् । उनले आफुले आउदो निर्वाचनमा नउठ्ने पनि घोषणा गरेकी छिन् । प्रधानमन्त्रीबाट राजीनामा दिएपनी आफु सांसद भने रहिरहने उनले बताईन् । उनी अप्रिल सम्म सांसदको भूमिकामा रहने बताईन ।