न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले प्रधानमन्त्री पदबाट दिएको राजीनामाले न्युजिल्याण्डमा राजनीतिक तरङ ल्याएको छ ।
जसिन्डाको अप्रत्यासित राजीनामाले आमजनता देखि राजनीतिक दलका नेता समेट तरङगित हुन पुगेका छन् ।
प्रधानमन्त्रीको राजीनामा पछि अब देशको अर्को प्रधानमन्त्री को बन्ने चर्चा सुरु भएको छ । जसिन्डा पदबाट हेटपनि न्युजिल्याण्डमा आमनिर्वाचन हुन ८ महिना बाँकी हुन्छ । आउदो अक्टोबरमा न्युजिल्याण्डमा आमनिर्वाचन हुँदै छ । त्यसअघि छोटो समयको लागि भए पनि न्युजिल्याण्डको प्रधानमन्त्री को बन्ने बारे चर्चा सुरु भएको हो ।
हुन त लेबर पार्टीकी जसिन्डाले राजीनामा दिएपछि अब बन्ने अर्को सरकार लेबर पार्टी कै हुने छ । गत २०२० को निर्वाचनमा लेबर पार्टीले बहुमत ल्याएको थियो । पार्टी एक्लैले ६४ सिट जितेको थियो जुन सरकार बनाउन बहुमत हो । त्यसमाथी जसिन्डालाई ग्रिन पार्टीका १० सांसदले समेत समर्थन गरेका थिए । ७४ सांसदको समर्थनमा प्रधानमन्त्री बनेकी जसिन्डाले बिहीवार रजिनामा दिने घोषणा गरेपछि अब बन्ने नयाँ सरकारमा ग्रिन पार्टीको साथ रहने व नरहनेबारे पनि अन्योल छ ।
उता प्रतिपक्षमा रहेका ४५ सांसदले ग्रिनको साथ पाएपनी सरकार बनाउन सक्दैनन् । लबर सँग एक्लाई बहुमत भएकाले अब लबरबाटै नयाँ प्रधानमन्त्री बन्ने निस्चित छ । तत्कालका लागि सरकारका मन्त्रीहरु माईकल वुड र क्रिस हिप्किङ्सको नाम अगाडि आएको छ । उपप्रधानमन्त्री ग्रान्ट रोबर्ट्सन भने प्रधानमन्त्री नबन्ने जसिन्डाले बताईसकेकी छिन् ।
उता प्रमुख प्रतिपक्षमा रहेको नेशनलका नेता क्रिस्टोफर लुक्सनले प्रधानमन्त्रीको राजीनामा पछि सम्बोधन गर्ने तयारी गरेका छन् ।