258
Shares
लेबर पार्टीकी नेतृ तथा न्युजिल्याण्डकी सामाजिक बिकास मन्त्री कार्मेल सेपुलोनी न्युजिल्याण्डको उपप्रधानमन्त्रीमा नियुक्त हुने भएकी छिन् । जसिन्डा सरकारमा उनी कला तथा संस्कृति मन्त्री समेत थिईन् । २००८ मा उनले लेबर पार्टीबाट समानुपातिक सुची बाट सांसद बन्दै राजनितिक यात्रा सुरु गरेकी थिईन् । सन् २०१७ मा भने उनी केल्स्टोनबाट चुनाव लडेर सांसद भएकी थिईन् । त्यसयता उनी प्रधानमन्त्री जसिन्डा आर्डेनको सरकारको मन्त्रीको रुपमा कार्यरत थिईन् । टोंगा मुलकी कार्मेल नयाँ प्रधानमन्त्री क्रिस हिप्किङ्सको विश्वासकी पात्र मानिन्छिन् ।
उपप्रधानमन्त्री सेपुलोनीले बुधबार प्रधानमन्त्री हिप्किङ्स सँगै सपथ लिनेछिन् ।