279
Shares
बेलायती प्रधानमन्त्री ॠषि सुनाकले न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस हिप्किन्सलाई बधाई दिएका छन् ।
ॠषिले बिहीवार ट्विट गर्दै हिप्किन्सलाई बधाई दिएका थिए ।
उनले न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री सँग मिलेर काम गर्न तयार रहेको बताउदै न्युजिल्याण्ड र बेलायतले धेरै कुरा साझा गर्ने भएकाले ति कुराका बिषयमा छिट्टै भेटेर संवाद गर्ने बताए । त्यो भेटका क्रममा खाजामा बेलायती ससेज रोल हुने उनले बताए । जवाफमा प्रधानमन्त्री हिप्किन्सले आफुले टमाटर सस् ल्याउने कुरा उल्लेख गरे। हिप्किन्सले न्युजिल्याण्ड पनि बेलायत सँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।
प्रधानमन्त्री हिप्किन्सले गत सेप्टेम्बरमा आफ्नो जन्मदिनको अवसरमा ससेज रोललाई केक बनाएर काटेका थिए । सो विषयलाई लिएर समाजिक सन्जाल र संचार माध्यममा ठुलो चर्चा चलेको थियो ।