आज २० संक्रमित थपिए, सबै अकल्याण्डमा – New Zealand News Nepal (NZ News Nepal)

आज २० संक्रमित थपिए, सबै अकल्याण्डमा

   September 5, 2021  

न्युजिल्याण्डमा आज २० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका महानिर्देशक यस्ले ब्लुमफिल्डका अनुसार पछील्लो २४ घण्टामा  २० जनामा कोरोनाको संक्रमण भेटिएको बताएका छन् । आज थपिएका सबै २० जना अकल्याण्डका हुन् । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ८०१ पुगेको छ ।  ८०१ जनामा ७९ जना निको भईसकेका छन् भने एक जनाको मृत्‍यु भएको छ । बाँकी ७७२ सकृय संक्रमित रहेका छन् ।