भोलीबाट ह्यामिल्टनमा तेन्जिङ हिलारी कप फूटबल प्रतियोगिता, न्युजिल्याण्डका ९ नेपाली टिम प्रतिस्पर्धामा

312 Shares

न्युजिल्याण्डमा भोली अर्थात फेब्रुअरी ४ तारिक बाट आठौं संस्करणको तेन्जिङ हिलारी कप फूटबल प्रतियोगिता आयोजना हुँदै छ ।
नर्थ आईल्याण्डको ह्यामिल्टन शहरमा आयोजना हुने फूटबल प्रतियोगितामा न्युजिल्याण्डमा रहेका ९ नेपाली टिमले प्रतिस्पर्धा गर्दै छन् । ह्यामिल्टनको Ashurst park मा आयोजना हुने प्रतियोगिता दुई दिन सम्म चल्ने छ ।

प्रतियोगिताको आयोजना टिएचसी कमिटी, गोर्खाली फूटबल क्लब वाईकातो र नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाईटि ह्यामिल्टनले गरेको हो । टिएचसी कमिटीले बिगत ८ वर्ष देखि न्युजिल्याण्डका बिभिन्न शहरमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा अकल्याण्डका ३, क्राइसचर्चका ३ र वाईकातो, वे अफ प्लेन्टी र मानवातुका १-१ टिम प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।

अकल्याण्डको खुकुरी फूटबल क्लब, गोर्खा फूटबल क्लब, माउन्ट 8848 फूटबल क्लब, क्राइसचर्चको नेपाल युनाइटेड फूटबल क्लब, काठमाडौं फूटबल क्लब, टिम लोत्सम्पा, वाईकातोको गोर्खाली फूटबल क्लब, वे अफ प्लेन्टीको नेपालीज वरियर्स फूटबल क्लब र मानुवातुको मानुवातु फूटबल क्लब प्रतियोगितामा सहभागि हुने छन् ।

सम्बन्धित समाचार

सबै