टर्कीको सिमानजिकै शक्तिशाली भूकम्प, १४ सय बढीको मृत्यु

331 Shares

टर्कीको सिमानजिकै सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १४ सय नाघेको  सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ : १७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यसअघि एक स्थानीय अस्पतालले एएफपीलाई टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो। भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा महशुस गरिएको थियो।

सम्बन्धित समाचार

सबै