247
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिज बिच भेट वार्ता भएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा दुई नेता बिच भेट भएको हो । एक दिने भ्रमणका लागि न्युजिल्याण्डका प्रधानमन्त्री हिप्किन्स मंगलबार क्यानबेरा पुगेका थिए । उनी सोही दिन साझँ न्युजिल्याण्ड फर्केका छन् ।