अकल्याण्ड बाढीमा क्षति भएका व्यापार व्यवसायका लागि सरकारको ५० लाख डलर राहत प्याकेज

291 Shares

सरकारले अकल्याण्डमा आएको बाढी र त्यस्ले प्रभाव पारेका व्यापार व्यवसायका लागि भनेर राहत प्याकेज ल्याएको छ ।
मन्त्रीपरिषदको बैठकले अकल्याण्ड बाढी प्रभावित व्यापार व्यवसायका लागि ५० लाख न्युजिल्याण्ड डलर सहयोग प्रदान गर्ने निर्णय गरेको हो । अकल्याण्ड बिजिनेस च्याम्बर र रोजगारदाता र उत्पादक संघसँगको छलफल पछि यस्तो निर्णय लिईएको प्रधानमन्त्री क्रिस हिप्किन्सले जानकारी दिएका छन् । उनले बाढीका कारण बन्द हुन परेका र अत्याधिक क्षति भएका व्यापार व्यवसायलाई यो प्याकेजले लाभ हुने समेत बताए ।  त्यस्तै आन्तरिक राजस्व कार्यलयले पनि अकल्याण्ड, नर्थल्याण्ड, बे अफ प्लेन्टीलगायतका बाढी प्रभावित क्षेत्रमा करमा लाग्दै आएको अतिरिक्त शुल्क र जरिवाना छुट दिने भएको छ । सरकारले ल्याएको राहत प्याकेज अकल्याण्ड बिजिनेज च्याम्बर, रोजगारदाता र उत्पादक संघ, अकल्याण्ड माओरी बिजिनेज नेटवर्क र प्यासिफिक बिजिनेस ट्र्स्ट मार्फत बाडिने बताईएको छ ।

सम्बन्धित समाचार

सबै