गत जनवरी २४ तारिकका दिन साउथ आईल्याण्डको विन्टनमा दुर्घटना परि मृत्यु भएका दिलिप दराईको शव न्युजिल्याण्डबाट नेपाल पठाईएको छ ।
उनको शव आज साझँ नेपाल पुग्ने न्युजिल्याण्डका लागि नेपाली अवैतनिक वाणिज्य दुत आत्मराम खनालले जानकारी दिनु भयो ।
जनवरी २४ तारिकका दिन लोसार मनाएर फर्किने क्रममा विनटनमा कार दुर्घटना हुँदा १ जनाको ज्यान गएको थियो भने अन्य ३ जना घाईते भएका थिए । दुर्घटनामा परि मृतक दराईकी श्रीमती चादनी चुमी पनि घाईते भएकी छिन् । त्यस्तै दुर्घटनामा मिलन गोले र अस्विन सुनार समेत घाईते भएका छन् ।
वाणिज्य दुत खनालले मृतक दिलिपको शव नेपाल पठाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत दिनु भएको छ । बिशेष गरि दराईको शव नेपाल पठाउन दुतावासलाई सहयोग गर्ने गैर आवसिय नेपाली संघ, साउथल्याण्ड नेपलिज सोसाईटी, साउथ आईल्याण्ड प्रहरी लगायतलाई दुतावास र नेपाल सरकारको तर्फबाट धन्यवाद दिईएको हो ।
