सरकारले जारी गरेको अलर्ट लेभलसहितको लकडाउनबारे सोमबार निर्णय हुँदै छ । भोली बस्ने मन्त्रीपरिषद् बैठकले अकल्याण्ड बाहेक न्युजिल्याण्डभरी लगाईएको लेभल ३ र अकल्याण्डमा जारी लेभल ४ को लकडाउनबारे निर्णय हुने भएको हो । दिउँसो मन्त्रीपरिषद् बैठक बसी त्यस्पछि आयोजना हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री जसिन्डा आर्डेनले लकडाउनबारेमा भएको निर्णय सुनाउने छिन् । स्रोतका अनुसार अकल्याण्डबाहेक न्युजिल्याण्डका बाँकी स्थानलाई लेभल २ मा लाने तयारी सरकारले गरेको छ । पछिल्लो केही दिन देखि संक्रमितको संख्यामा कमी आए सँगै देशमा लकडाउन खुकुलो हुँदै जाने अनुमान गरिएको छ । उता अकल्याण्डमा भने अझै एक साता लेभल ४ नै हुने छ । सेप्टेम्बर १३ मा बस्ने अर्को मन्त्रिपरिषद् बैठकले अकल्याण्डको लकडाउनको बारेमा निर्णय गर्ने छ । डेल्टा भेरियान्टको नयाँ कोरोना संक्रमित देखिए पछि गत अगस्त १७ देखि न्युजिल्याण्ड भरि लेभल ४ को कडा लकडाउन लगाईएको थियो । अकल्याण्डबाहेक बाँकी स्थानमा कोरोना संक्रमण नदेखिए पछि सरकारले गत बुधवारदेखि अकल्याण्डबाहेकका स्थानहरुमा लेभल ४ बाट लेभल ३ को लकडाउन लगाएको थियो ।


