न्युजिल्याण्ड आईपुगिन् महारानी एलिजाबेथकी छोरी राजकुमारी एन

317 Shares

महारानी एलिबेथकी छोरी राजकुमारी एन न्युजिल्याण्ड आईपुगेकी छिन् । उनी आज बिहान राजधानी वेलिङटन आईपुगेकी हुन् । उनी सँगै उनका उनका पति Vice Admiral Sir Tim Laurence पनि न्युजिल्याण्ड आएका छन् । उनले आज गभर्नर जनरल सिन्डी किरो सँग भेट गरेकी छिन् । सिन्डीले न्युजिल्याण्डमा राजा चार्ल्सको प्रतिनिधित्व गर्ने गर्दछिन् । त्यस्तै आजै प्रधानमन्त्री क्रिस हिप्किन्स र राजकुमारी एन बिच पनि भेट भएको छ । उनिहरु बिच वेलिङ्टनको संसद भवन बिहाईवमा भेट भएको छ । चक्रवात आँधीका कारण राजकुमारीको पुर्व निर्धारित केही कार्यक्रम भने रद्द गरिएको छ । महारानी एलिबेथकी छोरी राजकुमारीको पछिल्लो न्युजिल्याण्ड भ्रमण भने सन् २०१० मा भएको थियो ।  उनी शुक्रबार बेलायत फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

सबै