७ पुरुष, ३ महिला र एक बच्चा सहित चक्रवात ग्याब्रियलमा परि मर्नेको संख्या ११ पुग्यो

343 Shares

न्युजिल्याण्डमा चक्रवात ग्याब्रियलमा परि मर्नेको संख्या ११ पुगेको छ ।
मृत्‍यु हुनेमा ७ जना पुरुष, ३ जना महिला र एक जना दुई वर्षको बालिका रहेकी छिन् ।
चक्रवात Gabrielle ले नर्थ आईल्याण्डका बिभिन्न ठाउँमा निकै ठुलो प्रभाव पारेको छ ।
सताब्दीकै सबै भन्दा ठुलो चक्रवातले नर्थआईल्याण्डमा ठुलो संख्यामा मानविय तथा भौतिक क्षति पुर्याएको हो ।
मृत्‍यु हुनेहरुमा अकल्याण्डका २ जना उद्दारकर्ता, नेपियरमा ४ जना, हक्स बेमा ३ जना ह्यास्टिङमा १ जना र गिसबर्नमा १ जना रहेका छन् ।
न्युजिल्याण्डको प्रहरीका अनुसार यि क्षेत्रमा अझै केही मानिस बेपत्ता रहेको छ उनिहरुको खोजीकार्य भईरहेको छ ।

सम्बन्धित समाचार

सबै