कांग्रेसबाट रामचन्द्र र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार – New Zealand News Nepal (NZ News Nepal)

कांग्रेसबाट रामचन्द्र र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

   February 25, 2023  

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उता नेकपा (एमाले) ले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उम्मेदवार तय भइसकेका छन् । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।