रामचन्द्र पौडेलले लिए राष्ट्रपति पदको शपथ – New Zealand News Nepal (NZ News Nepal)

रामचन्द्र पौडेलले लिए राष्ट्रपति पदको शपथ

   March 14, 2023  

फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच पौडेलले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन्। राष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यक्रममा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई २१ तोपको सलामी पनि अर्पण गरेको छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

पौडेल फागुन २५ गते सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका थिए। उनको कार्यकाल ५ वर्षको हुनेछ। राष्ट्रपति भण्डारीको कार्यकाल आइतबार सकिएको छ।