317
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो बिच टेलिफोन संवाद भएको छ ।
दुई प्रधानमन्त्री बिच १ महिना अगाडिनै कुरा हुने भनिएको थियो तर न्युजिल्याण्डमा चक्रवात आएपछि प्रधानमन्त्री हिप्किन्स व्यस्त भएकाले उक्त संवाद पर सारिएको थियो । हिप्किन्स र ट्रुडो बिच आज दिउँसो कुराकानी भएको हो । कुराकानीको क्रममा ट्रुडोले प्रधानमन्त्री हिप्किन्सलाई न्युजिल्याण्डको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा बधाई दिएका थिए । त्यस्तै दुई प्रधानमन्त्री बिच न्युजिल्याण्ड र क्यानडाबिचको सम्बन्ध, इन्डो प्यासिफिक क्षेत्रमा भएको जलवायु परिवर्तन, रुस र उक्रेन बिचको युद्दका बिषयमा कुरा भएको बताईएको छ। दुई प्रधानमन्त्रीबिच आफुहरु सम्पर्क बसिरहने र छिट्टै भेटघाटको कार्यक्रम बनाउनेबारे समेत छलफल भएको थियो ।