३ वर्षपछि ‘अकल्याण्ड- बाली’ सिधा हवाई सेवा पुन: सुचारु

319 Shares

३ वर्ष पछि न्युजिल्याण्डको अकल्याण्ड र ईण्डोनेसियाको बालीसम्म सिधा हवाई उडान पुन: सुचारु भएको छ ।
एयर न्युजिल्याण्डले सन् २०२० उता हफ्ताको ३ दिन उडान गर्दै आएतापनि कोरोनाका कारण यो सेवा रोकिएको थियो । हिजो बुधवारबाट भने अब पुन हफ्ताको ३ दिन बुधवार, शुक्रबार र आईतबार अकल्याण्डबाट बिहान ११ बजे बालीको लागि उडान भर्ने एयर न्युजिल्याण्डले जनाएको छ । बालीबाट भने सोही दिन साझँ ५:३० बजे बिमानले अकल्याण्डको लागि उडान भर्ने छ । उक्त उडान ९ घण्टाको हुने र भोलिपल्ट बिहान अकल्याण्ड अवतरण गर्ने तालिका रहेको छ ।

बालीबाट न्युजिल्याण्ड आउनेहरुका लागि र बाली घुम्न जाने न्युजिल्याण्डबासीहरुलाई यो उडानले सहयोग पुर्याउने अप्रेक्ष गरिएको छ ।

सम्बन्धित समाचार

सबै