न्युजिल्याण्डका नर्स तान्दै अष्ट्रेलिया, हफ्ताकै ८५०० डलर सम्मको कमाई

542 Shares

न्युजिल्याण्डमा नर्सको अभाव भएको कुरा नयाँ होइन । केही स्वास्थ्य क्षेत्रले बाहिर देशबाट सयौंको संख्यामा नर्सलाई बोलाएपनि न्युजिल्याण्डमा नर्सको अभाव उस्तै छ । गत वर्ष न्युजिल्याण्डमा ५४ हजार नर्स कार्यरत थिए र त्यो बेला ४००० को संख्यामा नर्सको अभाव भएको स्वास्थ्य मन्त्रालय उल्लेख गरेको थियो । तर अहिले नर्सको अवस्था के छ स्वास्थ्य मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन । तर वान न्युजका अनुसार गत अगस्त यता ५००० को संख्यामा न्युजिल्याण्डमा कार्यरत नर्स अष्ट्रेलिया गएका छन् । काम गर्ने पायक तालिका, राम्रो पैसा र राम्रो वातावरण भएकाले न्युजिल्याण्डका नर्स अष्ट्रेलिया तिर लागेका हुन् । अष्ट्रेलियामा सर्ट टर्म नर्सिङमा काम गर्नेको संख्या बढी छ । सर्ट टर्म नर्सिङमा कन्ट्राक अनुसार, अनुभव अनुसार, कामको दक्षता अनुसार र कन्ट्राक अवधीका आधारमा हफ्ताको ३५०० देखि ८५०० डलर सम्मको कमाई हुने बताईएको छ । अझ गाउँ तिर काम गर्न ईच्छुकको लागि अतिरिक्त भत्ताको व्यवस्था पनि रहेको छ। सर्ट टर्म काम ४ हफ्ता देखि १८ महिना सम्मको हुने भएकाले आफुलाई सजिलो हुने अवधीमा काम गर्न मिल्ने र घरपरिवारलाई पनि समय दिन मिल्ने भएकाले यसतर्फ न्युजिल्याण्डका नर्सहरु आक्रषित भएका हुन् ।

वान न्युजको सहयोगमा तयार पारिएको ।

सम्बन्धित समाचार

सबै