४ वर्ष भन्दा बढी अष्ट्रेलिया बसेका न्युजिल्याण्डरलाई सिधै नागरिकता दिने अष्ट्रेलियन सरकारको घोषणा

488 Shares

अष्ट्रेलियन सरकारले अब ४ वर्ष भन्दा बढी अष्ट्रेलिया बसेका न्युजिल्याण्डका नागरिकलाई सिधै अष्ट्रेलियाको नागरिकता दिने भएको छ । आउँदो जुलाई १ तारिक बाट Special Category Visa मा रहेका र कम्तिमा ४ वर्ष अष्ट्रेलिया बसेका न्युजिल्याण्डका नागरिकलाई अष्ट्रेलियाको नागरिकता दिने भएको हो । यस्कालाई स्थाई बसोबास भिसा अर्थात पिआर हुन पनि आवश्यक छैन । अष्ट्रेलियाको नागरिकता पाउन केही मापदण्ड भने तोकिएको छ । यस्ता न्युजिल्याण्डका नागरिकले क्यारेक्टर चेक, ईङ्लिस भाषा टेस्ट, अष्ट्रेलियाको बारेमा ज्ञान, अष्ट्रेलियासँगको सम्बन्ध र अष्ट्रेलिया बस्नुको कारण खुलाउनु पर्ने छ ।
प्रधानमन्त्री क्रिस हिप्किन्सको अष्ट्रेलिया भ्रमणको पुर्व सन्ध्यामा अष्ट्रेलिया सरकारको तर्फ बाट यस्तो निर्णय भएको हो । प्रधानमन्त्री हिप्किन्स दुई दिने भ्रमणका लागि आज ब्रिजबेन जादै छन् ।

सम्बन्धित समाचार

सबै