न्युजिल्याण्डको Tauranga मा ‘जारी’ हाउसफुल, अकल्याण्ड र क्राईसचर्चमा पनि प्रदर्शन हुँदै

592 Shares

नेपालभर सफलताका साथ प्रदर्शन भईरहेको नेपाली चलचित्र ‘जारी’ न्युजिल्याण्डमा पनि प्रदर्शन भएको छ । हिजो सोमबार वे अफ प्लेन्टीको तउरङामा चलचित्र प्रदर्शनमा आएको हो ।
जारीले न्युजिल्याण्डमा  हाउसफुल दर्शक पाएको छ । बे फेयर सपिङ मलमा रहेको यूनाईटेड सिनेमामा चलचित्र हाउसफुल भएको हो । कुल ३७५ सिट को यूनाईटेडको एक हलमा सबै ३७५ टिकट नै बिक्री भएको नेप्लिज वारियर्स फुटबल क्लब ( Nepalese warriors FC ) ले जनाएको छ । न्युजिल्याण्डमा जारीलाई यही क्लबले भित्राएको हो ।

अकल्याण्ड र क्राईसचर्चमा पनि प्रदर्शन हुँदै

चलचित्र अकल्याण्डमा मे ६ तारिकका दिन प्रदर्शन हुँदै छ । अकल्याण्डको Avondale मा  रहेको हलिवुड सिनेमाजमा चलचित्र मे ६ तारिकका दिन पौने ४ बजे सुरु हुने छ । त्यस्तै साउथ आईल्याण्डको क्राईसचर्चमा चलचित्रको दुई सो प्रदर्शनमा आउने भएको छ । क्राईसचर्चको Lumiere Cinemas मा पहिलो सो १९ अप्रिल अर्थात आउदो शनिबार २ बजे हुने छ भने दोस्रो सो ७ मे आईतबार बिहान १० बजे हुने बताईएको छ ।

लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि चलचित्र निर्माण भएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थका ठुले लगायतका कलाकारको अभिनय छ । बाँसुरी फिल्मसको प्रस्तुति र कबड्डी फिल्मसको सहकार्य निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

सम्बन्धित समाचार

सबै