अकल्याण्डको एक सुपरमार्केटमा गत शुक्रबार एक मानिसले कम्तीमा छ जनालाई छुरा प्रहार गरी घाईते बनाए । उक्त घटना घटेको ६० सेकेन्ड नबित्दै न्युजिल्याण्ड पुलिसले ती व्यक्तिलाई गोली प्रहार गरि मार्दियो । प्रहरीको निगरानीमा रहेका श्रिलंकाली नागरिकको उक्त घटना गरेका थिए ।
को हुन् अहमद अदिल मोहमद शम्सुद्दिन ?
अहमद अदिल मोहमद शम्सुद्दिन न्युजिल्याण्डमा सन् २०११ मा विद्यार्थी भिसामा आएका थिए। सन् २०१६ मा उनी राष्ट्रिय सुरक्षा चासो भएका व्यक्ति बन्न पुगे। उनले अँगालेको सिद्धान्तका कारण उनलाई २४ सै घण्टा पहरा र गहिरो निगरानीमा राखियो।
उच्च अदालत अकल्याण्डमा अहमद अदिल मोहमद शम्सुद्दिन (सन् २०१८)
स्थानीय मिडिया रिपोर्टका अनुसार आक्रमणकारी ३२ वर्षका छन् र आईएस प्रचारबाजी सामग्री राखेका कारण एक वर्षे निगरानीमा परेका थिए। रिपोर्टहरूका अनुसार अभियोजनकर्ताहरूले उनलाई छुरा प्रयोग गरेर आतङ्कवादी आक्रमण गर्न योजना बनाएको आरोप लगाएका छन् तर न्यायाधीशले वर्तमान कानुन अनुसार आतङ्क आक्रमणको योजना बनाउनुलाई अहिलेको कानुन अनुसार कारबाही गर्न नमिल्ने बताए। उनको इन्टरनेटमा ‘सर्च हिस्ट्री’ र ‘बूकमार्क’मा इस्लामिक स्टेटका हिरोहरू, इस्लामिक स्टेट पोशाक र न्यूजील्यान्ड जेलका लुगा र खाना लगायत पाइएको थियो।उनले मानिसहरूलाई आक्रमण गर्नु अगाडि नै उनलाई किन कारबाही नगरिएको भनेर प्रश्न उठेका छन् किनभने उनी गहिरो निगरानीमा नै थिए।आक्रमणकारीका परिवार स्तब्ध र दुखि भएको आक्रमणकारीको आप्रवासी विषयमा सहयोग गरिरहेका वकिल डाभुड मनसुरी राडले बताए। BBC को सहयोगमा



