यि हुन् न्युजिल्याण्डका सबैभन्दा जेठा पुरुष , बिहीवार मनाए १०७ औं जन्मदिन

783 Shares

न्युजिल्याण्डका सबै भन्दा जेठा पुरुष मान्छे ज्याक कोले आफ्नो १०७ औँ जन्मदिन मनाएका छन् ।
सन् १९१६ मे ११ तारिकका दिन जन्मिएका ज्याक न्युजिल्याण्डकै सबैभन्दा पाको व्यक्ती हुन् ।

नर्थ आईल्याण्डको पाल्मेशन नर्थ नजिकै रहेको बुल्समा उनी जन्मिएका हुन् । उनले बिहीबार आफ्नो १०७ औँ जन्मदिन मनाएका छन्। उनी हाल ताउपो स्थित एक एज केयरमा बसोबास गर्छन् । उनलाई जन्मदिनको शुभकामना दिन ताउपोका मेयर डेविड ट्रेवाभास, ताउपोबाट निर्वाचित सांसद लुईस अप्स्टन लगायतका व्यक्ती ज्याक बसोबास गर्ने एज केयर पुगेका थिए ।

केही महिना अघि सम्म हिड्डुल गर्न सक्ने ज्याकको स्वास्थ्य बिग्रिएपछि उनलाई ताउपो स्थित एक एज केयरमा राखिएको छ । उनका दुई सन्तान छन् । उनका  छोरा पिटर ताउपोमै बस्छन् र दैनिकजसो आफ्नो बुवालाई भेट्छन् । ज्याककी छोरी भेलरी पनि उनलाई भेट्न ताउपो आईरहन्छिन् ।

 

सम्बन्धित समाचार

सबै