न्युजिल्याण्डको बजारमा एभोकाडोको अभाव देखिएको छ ।
केही महिना अगाडि आएको चक्रवातका कारण न्युजिल्याण्डमा यो वर्ष एभोकाडोको उत्पादन अपेक्षा गरेभन्दा कम भएपछि न्युजिल्याण्डको बजारमा अभोकाडोको अभाव देखिएको हो । गत वर्ष बसन्त रितुमा पनि चिसो भएपछि धेरै एभोकाडो खेती प्रभावित भएको थियो ।त्यसलगत्तै आएको चक्रवात ग्रेबियलको कारण एभोकाडो खेतीमा क्षति पुर्याएको थियो । न्युजिल्याण्ड एभोकाडोमा आँफै आत्मानिर्भर भएपनि अष्ट्रेलियाबाट केही मात्रामा एभोकाडो आयात हुने गरेको थियो । अहिले एभोकाडोको अभाव देखिएपनि यो वर्षको अन्त्य सम्म भने न्युजिल्याण्डमा एभोकाडो पर्याप्त हुने बताईएको हो ।
स्वास्थ्यको हिसाबले निकै फलदायी मानिने एभोकाडो न्युजिल्याण्डमा अत्याधिक मात्रामा प्रयोग गर्ने गरिन्छ । बिहान ब्रेकफास्ट देखि सलाद रुपमा खानमा एभोकाडोको प्रयोग गरिन्छ । त्यस्तै गर्मीमा स्मुदीको रुपमा समेत एभोकाडो प्रयोग गरिन्छ । अत्याधिक पोषक तत्वयुक्त एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ । उच्च रक्तचापलाई कम गराउँछ पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । नेपालमा एभोकाडोलाई ”घ्यु फल” भन्ने गरिन्छ ।