न्युजिल्याण्डकै कान्छा मेयरलाई राजिनामा दिन दबाव, मंगलबार विश्वासको मत लिदैँ

301 Shares

न्युजिल्याण्डको साउथ आईल्याण्डमा रहेको गोर जिल्लाका मेयर बेन बेललाई राजिनामा दिन जिल्लाका काउन्सिलरहरुले दबाव दिएका छन् ।
गोर जिल्ला काउन्सिलका बहुमत सदस्यले बेललाई राजिनामा दिन सुझाव दिएका छन् । उनलाई हटाउन उप मेयर सेमतले समर्थन जनाएका छन् ।

बेल गत ओक्टोबरमा गोर जिल्लाको मेयर पदमा निर्वाचित भएका थिए । उनी देशकै कान्छा मेयर समेत हुन् । २३ वर्षका बेलले आउदो मंगलबार काउन्सिलको बैठकमा विश्वासको मत लिने छन् ।
काउन्सिलका प्रमुख कार्यकारी स्टेफेन पेरी र मेयर बेल बिच लामो समय देखि बोलचाल नभएको बताएका छन् ।
काउन्सिलका सदस्यहरुबाट मेयरको राजिनामा मागिए पछि गोरका बासिन्दा भने असन्तुष्ट छन् ।

सम्बन्धित समाचार

सबै