न्युजिल्याण्डको बजेट भोली सार्वजनिक गरिदैँ

276 Shares

न्युजिल्याण्ड सरकारले आर्थिक वर्ष २०२३/२४ का लागि देशको बजेट भोली सार्वजनिक गर्दै छ ।

अर्थ मन्त्री ग्रान्ट रोबर्टसनले भोली बिहीवार बजेट सार्वजनिक गर्दै छन् ।
यो वर्षको बजेट, न्युजिल्याण्डमा प्राकृतिक बिपदले भएको क्षतिलाई रिकभर गर्न प्राथमिकता पाउने भएको छ ।

सरकारले पछिल्लो केही महिना यता देशमा भएको प्राकृतिक बिपदीको क्षतिको पुनर्स्थापना गर्न करिब एक अर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो । यो रकम यसवर्षको बजेट भित्र पर्ने छ ।

उक्त रकम चक्रवात गेब्रिएल र अकल्यान्डमा बाढीबाट भएको क्षति पुनर्स्थापना गर्न सडक, रेल र विद्यालय मर्मत, बाढी संरक्षण र मानसिक स्वास्थ्य लगायतका बिभिन्न बिषयमा खर्च गर्ने सरकारको योजना रहेको छ ।

न्युजिल्याण्डमा अघिल्लो वर्ष ६ बिलियन डलरको बजेट सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचार

सबै