243
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स पपुवा न्युगिनी पुगेका छन् । US-Pacific सुम्मित मा भाग लिन उनी हिजो राती पपुवा न्युगिनी प्रस्थान गरेका थिए । प्यासिफिक आइल्याण्ड फोरमका नेताहरूले आज पोर्ट मोरेस्बीमा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनसँग भेट गर्नेछन्।
त्यस्तै प्रधानमन्त्री हिप्किन्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग पनि भेट्दै छन् । पीएनजीका प्रधानमन्त्री जेम्स मारापे, कुक टापुका प्रधानमन्त्री मार्क ब्राउन, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग पनि प्रधानमन्त्री हिप्किन्सको द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।