पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल न्युजिल्याण्ड आउँदै

500 Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल न्यूजील्याण्ड आउने भएका छन् ।
अकल्याण्डमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभामा सहभागी हुन नेपाल न्युजिल्याण्ड आउन लागेका हुन् ।

उक्त कार्यक्रममा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नेछन्।

उनी आज नेपाल बाट न्युजिल्याण्डका लागि प्रस्थान गर्दै छन् ।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए। न्युजिल्याण्ड भ्रमण सकेर उनी अष्ट्रेलिया जाने छन् ।

करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ।

सम्बन्धित समाचार

सबै