तेस्रो संस्करणको ‘एभरेष्ट कप’को मिती सार्वजनिक

370 Shares

फूटबल प्रतियोगिता एभरेष्ट कपको तेस्रो संस्करणको मिती सार्वजनिक भएको छ । आउदो सेप्टेम्बर २३ र २४ तारिकका दिन तेस्रो एभरेष्ट कप न्युजिल्याण्डको सबै भन्दा ठुलो शहर अकल्याण्डमा आयोजना हुने भएको छ । खेल अकल्याण्डस्थित माउन्ट ईडेनमा रहेको अकल्याण्ड ग्रामर स्कुलको मैदानमा हुने छ ।
अकल्याण्डको गोर्खा फूटबल क्लबको आयोजनामा प्रतियोगिता आयोजना हुँदै छ । तेस्रो संस्करणमा सहभागीताका लागि छिट्टै आवेदन खुल्ने आयोजकले जनाएको छ ।
सन् २०२० बाट सुरु भएको एभरेष्ट कप फूटबल प्रतियोगिताको पहिलो र दोस्रो संस्करण न्युजिल्याण्डको राजधानी वेलिङटनमा आयोजना गरिएको थियो । पहिलो संस्करणको बिजेता अकल्याण्ड नेपालिज फूटबल एसोसियन भएको थियो भने दोस्रो संस्करणको उपाधी क्राइसचर्चको  टिम लोत्साम्पाले जितेको थियो । कोरोनाको महामारीका बिच सन् २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।

सम्बन्धित समाचार

सबै