एमाले, रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभाको बैठक अवरुद्द – New Zealand News Nepal (NZ News Nepal)

एमाले, रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभाको बैठक अवरुद्द

   June 4, 2023  

प्रतिपक्षी दलहरुले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेपछि बैठक स्थगित भएको छ। आइतवार सदन सुरु हुनसाथ नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएपछि एमाले र रास्वाका सांसदहरुले पनि साथ दिए। प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा नेपालको भूभाग समेटिएको अखण्ड भारतको नक्साबारे जवाफ नदिएसम्म आफूहरुले सदन चल्न नदिने लिङ्देनले चेतावनी दिएका थिए।

सभामुख देवराज घिमिरेले भने उपयुक्त समयमा प्रधानमन्त्रीले जवाफ दिने बताउँदै सम्झाए पनि सदन अघि नबढेपछि सभामुख घिमिरेले बैठक एक घण्टासम्मका लागि स्थगित गरेका हुन्।