‘एअरपोर्ट शेयर काण्ड’मा मुछिएपछि न्युजिल्याण्डका यतायात मन्त्री माईकल वुड निलम्बित

444 Shares

यातायात मन्त्री माइकल वुडले अकल्यान्ड एयरपोर्टमा आफ्नो स्वामित्व रहेको शेयर घोषणा नगरेको कुरा बाहिर आएपछि मन्त्री पदबाट निलम्बित भएका छन् ।

वुडले १९९० को दशकमा किशोरावस्थामा हुँदा करिब १३,००० डलरको शेयर किनेका थिए। उनले २०२० मा मन्त्री भएपछि मन्त्रिपरिषद् कार्यालयमा सेयर घोषणा गरेका थिए । यद्यपि, उनले २०२२ मा सांसदहरूको सम्पत्ति र अन्य चासोहरूको सार्वजनिक दर्तामा तिनीहरूलाई घोषणा गर्न असफल भए। यो घटनालाई आफ्नो गल्ती भएको बताएका छन्  ।  प्रधानमन्त्री क्रिस हिपकिन्सले माईकल यतायत मन्त्रीको पदबाट निलम्बित भएको जानकारी दिएका हुन् । 

उनको अन्य मन्त्रालयको मन्त्री पद भने यथावत रहेको छ । न्युजिल्याण्ड सरकारमा वुडले ४ वटा मन्त्रालय सम्हालेका थिए । उनले यतायत, ईमिग्रेसन, अकल्याण्ड, कार्यस्थल सम्बन्ध र सुरक्षा र अर्थ सहयोगी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर अकल्याण्ड एयर पोर्ट निर्माणमा उनको शेयर रहेको कुरा बाहिरिएपछि उनले यतायत मन्त्रीको पदबाट भने राजिनामा दिएका हुन् । उनको राजिनामा सँगै कार्यवाहक यातायात मन्त्रीको जिम्मेवारी Kieran McAnulty लाई दिईएको छ ।

सम्बन्धित समाचार

सबै