न्युजिल्याण्डमा आर्थिक मन्दी

950 Shares

न्युजिल्यान्डको केन्द्रीय बैंकले आक्रामक रूपमा ब्याज दर १४ वर्षकै उच्चमा बढाएपछि न्युजिल्यान्डको अर्थतन्त्र मन्दीमा फसेको छ । यसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो तीन महिनामा ०.१ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाउँछ ।

कोरोना, चक्रवात हेल र चक्रवात गेब्रिएलको प्रारम्भिक प्रभावका कारण न्युजिल्याण्डको अर्थतन्त्रमा संकट छाएको हो ।

न्युजिल्याण्डमा आउँदो अक्टोबरमा आमनिर्वाचन हुँदै छ । निर्वाचन हुनु ४ महिना अगाडि न्युजिल्याण्डमा आर्थिक मन्दी घोषणा गरिएको छ ।

 

सम्बन्धित समाचार

सबै