प्रधानमन्त्रीको चीन भ्रमण: ३ शहर जाने, राष्ट्रपतिसँग भेट तय

228 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले चीनका राष्ट्रपती सि जिङ पिङ सँग भेट्ने भएका छन् ।
आईतबारबाट सुरु हुने चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बेईजिङमा राष्ट्रपतिसँग भेट्ने छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री हिप्किन्स चीनका ३ शहरको भ्रमण गर्ने भएका छन् । २९ जना उच्च अधिकारीसहित प्रधानमन्त्रीले चीनको बेईजिङ, सांघाई र तिआन्जिनको भ्रमण गर्ने छन् । भ्रमण टोली जुन ३० तारिकको दिन न्युजिल्याण्ड फर्किने छन् ।

कोभिड-१९ महामारीपछि न्युजिल्याण्डबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यसअघि प्रधानमन्त्रीको रुपमा जसिन्डा आर्डेन सन् २०१९ मार्चमा चीनको भ्रमण गरेकी थिईन् तर काईसचर्चमा आतंकी हमला भएपछि उनले भ्रमण छोट्ट्याएर न्युजिल्याण्ड फर्किएकी थिईन ।

सम्बन्धित समाचार

सबै