माईकल वुडले दिए मन्त्री पदबाट राजिनामा, Andrew Little नयाँ Immigration मन्त्री

361 Shares

अकल्याण्ड एअरपोर्ट सेयर काण्डमा मुछिएका न्युजिल्याण्डका बहालवाला मन्त्री माईकलवुडले मन्त्री पदबाट राजिनामा दिएका छन् ।
अकल्यान्ड एयरपोर्टमा आफ्नो स्वामित्व रहेको शेयर घोषणा नगरेको कुरा बाहिर आएपछि वुड गत जुन ७ तारिकका दिन नै यतायत मन्त्री पदबाट निलम्बित भएका थिए । न्युजिल्याण्ड सरकारमा वुडले ४ वटा मन्त्रालय सम्हालेका थिए । उनले यतायत, ईमिग्रेसन, अकल्याण्ड, कार्यस्थल सम्बन्ध र सुरक्षा र अर्थ सहयोगी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । जुन ७ म निलम्बित भएपनी उनको अन्य मन्त्रालयको पद भने यथावत थियो । तर उनले हिजो बाट लागु हुने गरि न्युजिल्याण्ड सरकार छोडेको र सम्पूर्ण पद बाट राजिनामा दिएको बताएका छन् ।

पदबाट राजिनामा दिएसंगै उनले सम्हाल्दै आएको ईमिग्रेसन, अकल्याण्ड, कार्यस्थल सम्बन्ध र सुरक्षा र अर्थ सहयोगी मन्त्रीको जिम्मेवारी अन्य मन्त्रीहरुलाई दिईएको छ ।

उपप्रधानमन्त्री कार्मेल सेपुलोनीले अकल्यान्ड र कार्यस्थल सम्बन्ध र सुरक्षा मन्त्री, एन्ड्रयू लिटिलले अध्यागमन मन्त्रालय, डेभिड पार्करले यातायातमा मन्त्रालय र किरी एलेनले अर्थ सहयोगी मन्त्रीको जेम्मेवारी सम्हाल्ने छन् ।

सम्बन्धित समाचार

सबै