स्पेनबाट थप २ लाख ५० हजार डोज खोप अकल्याण्ड आईपुग्यो – New Zealand News Nepal (NZ News Nepal)

स्पेनबाट थप २ लाख ५० हजार डोज खोप अकल्याण्ड आईपुग्यो

   September 10, 2021  

न्युजिल्याण्ड सरकारले स्पेनबाट मगाएको थप २ लाख ५० हजार कोरोना खोप अकल्याण्ड आईपुगेको छ । ईमीरेट्स एअरलाईनसको बिमानबाट आज बिहान उक्त खोप न्युजिल्याण्ड आईपुगेको हो । स्पेनबाट आएको फाईजर खोप न्युजिल्याण्डमा तत्काल आवश्यक परेकोले मगाईएको प्रधानमन्त्री जसिन्डा आर्डेनले हिजो आयोजित पत्रकार सम्मेलनमा बताएकी थिइन् । आज आएको खोप, फाईजर कम्पनीले पठाउने भनेको १० लाख खोप बाहेकको रहेको पनि प्रधानमन्त्रीको भनाई थियो । न्युजिल्याण्डभरि अहिले कोरोनाको खोप अभियान द्रुत गतिमा अघी बढीरहेको छ । हालसम्म ३२ % ले कोरोना खोपको दुवै डोज लगाइसकेका छन् भने ३०.४ % ले पहिलो डोज लगाएका छन् । त्यस्तै ३७.६ % ले भने खोप लगाउन बाँकी रहेको छ ।