न्युजिल्याण्डका उत्पादनको चीनमा राम्रो बजार रहेछ: प्रधानमन्त्री

258 Shares

प्रधानमन्त्री क्रिस हिप्किन्सले चिनिँया बजारमा न्युजिल्याण्डका उत्पादनको राम्रो बजार रहेको बताएका छन् ।
चीन भ्रमण सकेर न्युजिल्याण्ड फर्कने क्रममा प्रधानमन्त्रीले न्युजिल्याण्डका उत्पादनहरुले चिनिँया बजारमा राम्रो स्थान पाउनु खुशीको कुरा भएको बताएका छन् । न्युजिल्याण्डका डेरी, मासु, काठ लगायतका सामान चीनमा निर्यात हुने गरेको छ । यि सामानका अलावा न्युजिल्याण्डले किवी, अङ्गुर लगायतका फलफुल पनि चीनमा पठाउने गरेको छ । यि सामानले चिनिँया बजारमा राम्रो स्थान पाउनु नै न्युजिल्याण्ड र चीनको आर्थिक सम्बन्ध मजबुत बनाउन बल पुग्ने प्रधानमन्त्रीको विश्वास छ । ६ दिने चीन भ्रमण सकेर प्रधानमन्त्री हिप्किन्स हिजो न्युजिल्याण्ड फर्किएका छन् ।

सम्बन्धित समाचार

सबै