न्युजिल्याण्डमा प्लाष्टिकका झोलामा प्रतिबन्ध

349 Shares

न्युजिल्याण्ड सरकारले शनिबारबाट प्लाष्टिकको झोला प्रयोगमा  प्रतिबन्ध लगाएको छ ।
बिशेषगरि न्युजिल्याण्डका सुपरमार्केटमा प्रयोग हुने सिँगल युजवाला प्लाष्टिकको झोला सरकारले प्रतिबन्ध लगाएको हो ।
त्यस्तै एक पटक मात्र प्रयोग गरिने प्लाष्टिकका प्लेट, गिलास, स्ट्र लगायतका समानमा पनि सरकारले प्रतिबन्ध लगाएको छ ।

त्यस्तै फलफुलमा लगाईने प्लाष्टिकका स्टीकरलाई पनि सरकारले विस्तापित गर्ने योजना बनाएको छ ।

न्युजिल्याण्डमा वर्षेनी प्रती व्यक्ती ६० किलो भन्दा बढी प्लाष्टिकको उत्पादन हुने गरेको छ । यसैलाई न्युनीकरण गर्न यो नियम लागु गरिएको वातावरण मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबै