न्युजिल्याण्ड सरकारले देशको सिमा अरु देशसँग खोलिने संकेत दिएको केही दिन पछि डेल्टा भेरियन्टको कोरोना देशमा देखा पर्यो । सन् २०२२ को सुरुवातबाट नै न्युजिल्याण्डको सिमा खोल्ने तयारी सरकारले गरिरहेको थियो । यसबिचमा ८ महिना सम्म नदेखिएको कोरोनाले समुदायमा प्रकड बनायो, त्यो पनि त्रासपूर्ण डेल्टा भेरियन्टले । यस्तो अवस्थामा अब न्युजिल्याण्डको बोर्डर कहिले खुल्छ भनेर यकिन भन्नसक्ने अवस्था छैन । न्युजिल्याण्ड सरकारका शिक्षा तथा कोविड १९ प्रतिकृया मन्त्री क्रिस हिप्किङ्सले सरकारका तयारीका बाबजुत डेल्टाले नयाँ त्रास ल्याएकोले सरकारलाई बोर्डर खोल्ने बारे चुनौती थपिएको बताएका छन् । मन्त्री हिप्किङ्सका अनुसार सरकारको ध्यान अहिले कोरोना नियन्त्रण, खोप अभियान सँगै न्युजिल्याण्डलाई अरु देश सँग कसरी जोड्ने भन्ने बारेमा रहेको छ । ‘ हामी पनि यही चाहन्छौ कि जती सक्दो चाडो न्युजिल्याण्डलाई अरु देश सँग अवातजावत सुचारु होस् भनेर ‘, मन्त्री हिप्किङ्सले भने , ‘ तर तत्कालको लागि अहिले त्यो सम्भावना टरेको छ , यद्दपी सरकारले छलफल गरिरहेकोले आशा गरौ चाडै बोर्डर खोलिने छ ‘ । बोर्डर खोल्ने बारे भएको छलफल र गृहकार्यलाई पुन: अध्ध्यन गर्नु पर्ने मन्त्री हिप्किङ्सको भनाइ थियो । यता प्रधानमन्त्री जसिन्डा आर्डेनले पनि न्युजिल्याण्ड सरकारले सिमामा लगाएको प्रतिबन्ध सधैंको लागि लगाइराख्ने आफ्नो सोच नभएको बताएकी छिन् । यसअघी नै प्रधानमन्त्री आर्डेनले २०२१ भरि न्युजिल्याण्डको बोर्डर नखोलिने स्पष्ट पारेकी थिईन् । तर २०२२ को सुरुवात सँगै न्युजिल्याण्डको बोर्डर खोलिने र केही नयाँ प्रोटोकोलको प्रयोग गरिने समाचार बाहिर आएको थियो । तर त्यो समाचार फैलिन नपाउदै न्युजिल्याण्डमा नयाँ भेरियन्टको कोरोनाको संक्रमण व्यापकरुपमा फैलिएपछि न्युजिल्याण्डको बोर्डर अब कहिले खुल्छ भनेर अन्योल बढेको छ । यसबारेमा सरकारको भनाई के आउँला भनेर धेरैको चासोको बिषय भनेको छ ।


