432
Shares
न्युजिल्याण्डको मौसम बिभाग मेट सर्भिसले देशका बिभिन्न ठाउँमा भारी वर्षा हुने भन्दै चेतावनी जारी गरेको छ ।
मेट सर्भिसका अनुसार नर्थ आईल्याण्डका बिभिन्न क्षेत्रमा आगामी ३ दिन सम्म भारी वर्षाको सम्भावना रहेको छ
त्यस्तै साउथको माथिल्लो भुभागमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
कोरोमन्डल क्षेत्रमा शुक्रबार दिउँसो ३ बजे देखि शनिबार बिहान ६ बजे सम्म
बे अफ प्लेन्टि क्षेत्रमा शुक्रबार साझँ देखि शनिबार बिहान सम्म
हक्स बे क्षेत्रमा शनिबार बिहान देखि आईतबार दिउँसो सम्म
गिसबोर्न क्षेत्रमा शनिबार दिन भरि
नेल्सन क्षेत्रमा शुक्रबार राति ९ बजे देखि शनिबार बिहान सम्म