अकल्याण्डमा भोली बस चालकको हड्ताल, बस सेवा प्रभावित हुने – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा भोली बस चालकको हड्ताल, बस सेवा प्रभावित हुने

   July 9, 2023  

अकल्याण्डका बस चालकहरुले भोली अकल्याण्डमा हड्तालको घोषणा गरेका छन् । छोटो समयमा निर्णय भएकाले भोली सोमबार अकल्याण्डको बस सेवा प्रभावित हुने भएको छ । सेवा सुरु हुने समय अर्थात बिहानै बाट केही क्षेत्रमा बस सेवा ठप्प हुने अकल्याण्ड ट्रास्पोर्टले जनाएको छ । यात्रा गर्नु अघि एटी एप मार्फत आफ्नु रुटको जानकारी लिन समेत अकल्याण्ड ट्रास्पोर्टले आवहान गरेको छ । अकल्याण्डका बस चालकको पारिश्रमिक कम भएको र कम्तिमा प्रती घण्टा ३० डलर बनाउन माग गरिएको छ । अकल्याण्डका बस ड्राइभरहरूले वेलिङ्टन क्राइस्टचर्च र डुनेडिनका ड्राइभरहरू जस्तै $ ३० डलर प्रति घण्टाको पारिश्रमिक दिन आग्रह गरिरहेका छन् । त्यसैका लागि अकल्याण्डमा भोली हड्ताल हुन लागेको हो । हड्तालका कारण बस सेवा मात्र प्रभावित हुने र आफ्नो माग नसुनिए बिहीवार सम्म हड्ताल जारी राख्ने चेतावनी समेत दिईएको छ ।