न्युजिल्याण्ड र युरोपियन युनियनबिच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, के छ सम्झौतामा ?

344 Shares

न्युजिल्याण्ड र युरोपियन युनियनबिच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री क्रिस हिप्किन्सको बेल्जियम भ्रमणका क्रममा ईयु र न्युजिल्याण्ड बिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौता अनुसार अब न्युजिल्याण्डबाट युरोप निर्यात हुने ९७ % सामान ड्युटी फ्री हुने छ । बिभिन्न सामानमा लाग्दै आएको भन्सार कर अब तिर्नु पर्ने छैन । न्युजिल्याण्डबाट निर्यात हुने किवी फल, वाईन, प्याज, स्याउ, अङ्गुर, मनुका मह, सि फुड, मासु तथा अन्य कृषिजन्य सामानमा लाग्दै आएको अतिरिक्त महसुल हट्ने छ ।

१० वर्ष लामो छलफल, परामर्श र वार्ता पछि यो सम्झौता भएको हो । उक्त सम्झौता गर्न प्रधानमन्त्री हिप्किन्स न्युजिल्याण्डका व्यापार मन्त्री डेमियन ओ’कोनर सहित बेल्जियमको राजधानी ब्रसेल्स गएका हुन् ।

सम्बन्धित समाचार

सबै