228
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबिच आज भेटवार्ता हुँदै छ । दुई नेता बिच लिथुवानियाको राजधानी भिल्नियसमा भेट हुन लागेको हो । नेटोको शिखर सम्मेलनमा माग लिन लिथुवानिया पुगेका दुई नेता बिच भेट हुन लागेको हो । रुस र युक्रेनबिचको तनावमा सुरु देखि नै न्युजिल्याण्ड युक्रेनको पक्षमा उभिदैँ आएको छ । यसअघि प्रधानमन्त्री हिप्किन्स युक्रेनको भ्रमणमा जानसक्ने बताईएको थियो तर स्रोतका अनुसार उनी यो पटक युक्रेन जाने छैनन् ।