258
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले रुस र युक्रेन बिचको जारी तनाव अन्त्य नभएसम्म न्युजिल्याण्ड युक्रेनको पक्षमा रहने बताएका छन् ।
युरोप भ्रमणमा रहेका प्रधानमन्त्री हिप्किन्सले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँगको भेटमा उक्त कुरा बताएका हुन् । भेटकाक्रममा प्रधानमन्त्री हिप्किन्सले युक्रेनका लागि थप सहयोग गर्ने घोषणा समेत गरेका छन् । सन् २०१४ देखि जारी रुस र युक्रेन बिचको युद्दमा न्युजिल्याण्डले युक्रेनको पक्षमा बोल्दै आएको छ ।