राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव कानून,
न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका थिए।
प्रस्तावमा प्रतिनिधि सभाका १४ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका थिए।
सांसदहरूले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रस्तावमा एकीकृत गरेर लैजाने प्रतिवद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो।