महिला विश्वकपबाट बाहिरियो न्युजिल्याण्ड

312 Shares

न्युजिल्याण्ड र अष्ट्रेलियामा जारी फिफा महिला विश्वकप प्रतियोगिताबाट आयोजक न्युजिल्याण्ड बाहिरिएको छ ।
साउथ आईल्याण्डको डुनेडिनमा  आज भएको ग्रुप ए अन्तर्गतको अन्तिम खेलमा स्विजरल्याण्डसँग गोलरहित बराबर भएपछि न्युजिल्याण्ड प्रतियोगिता बाट बाहिरिएको हो ।
ग्रुप ए बाट स्विजरल्याण्ड ५ अंक सहित र नर्वे ४ अंक सहित अन्तिम १६ मा पुगेका छन् ।

न्युजिल्याण्डले खेलेको ३ खेलमा एक मा जित, एक मा हार र आज भएको खेल बराबर भएको थियो । न्युजिल्याण्डले पहिलो खेलमा नर्वेलाई १-० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा भने फिलिपिन्ससँग पराजित भएको थियो । न्युजिल्याण्डले ४ अंक पाउदै समुह चरणबाट बाहिरिएको हो । समान अंक रहेता पनि प्रतियोगितामा नर्वेको बढि गोल भएका अन्तिम १६ मा पुग्न सफल भएको हो ।

हाल सम्म न्युजिल्याण्डले ६ पटक विश्वकप खेलेको छ । तर अहिले सम्म समुह चरणबाट भने अघि बढ्न सकेको छैन ।

सम्बन्धित समाचार

सबै