नेसनल पार्टीद्वारा २४ बिलियन डलरको यातायात नीति सार्वजनिक

451 Shares

नेसनल पार्टीले आउदो निर्वाचनलाई लक्षित गरेर आफ्नो पार्टीको तर्फबाट यातायात नीति सार्वजनिक गरेको छ । नेसनल सत्तामा आए
१० वर्षमा २४.८ बिलियन डलरको लागतमा भविष्यको लागि आफ्नो यातायात नीति रहेको ह्यामिल्टनमा आयोजित कार्यक्रममा बताईएको छ । न्युजिल्याण्डभरिका सडक सन्जाल पुनर्निर्माण, रेल सेवाको बिस्तार लगायतको योजना रहेको छ । यसले न्युजिल्याण्डको सडकमा यात्रा गर्दा आउने बिभिन्न समस्याबाट मुक्ती पाईने नेसनलको दावी छ । नेशनलले चक्रवात र बाढी प्रभावित क्षेत्रहरूमा सरल सुधार गर्न पुनर्निर्माणको प्रस्ताव पनि गरेको छ । बिभिन्न क्षेत्रमा सुरुङ निर्माण गरिने, बाईपासको अवधारणा समेत ल्याईने नेसनलको योजना रहेको छ ।

सम्बन्धित समाचार

सबै