नेसनलको सरकार बन्ने: न्युजहब पोल – New Zealand News Nepal (NZ News Nepal)

नेसनलको सरकार बन्ने: न्युजहब पोल

   August 2, 2023  

न्युजहबको पछिल्लो पोल अनुसार आउदो निर्वाचनमा नेसनल पार्टीको सरकार बन्ने बलियो सम्भावना रहेको छ । उक्त पोलमा नेसनल र एसीटीले सरकार बनाउने सम्भावना रहेको नतिजा बाहिरिएको छ । ओक्टोबरमा हुने निर्वाचनमा नेसनलले ४२ सिट ल्याउने र एसीटीको १६ सिट हुने पोलको नतिजाले देखाएको छ । न्युजिल्याण्डमा सरकार बनाउन ६१ सांसदको समर्थन चाहिन्छ । यस्तोमा हालका बिपक्षी दल नेसनल र एसीटीले ६३ सिटका साथ सरकार बनाउने छ । उता लेबरले ४२ सिटमा चित्त बुझाउनु पर्ने छ । त्यस्तै ग्रिन पार्टीको १२ र माओरी पार्टीको ३ सिट हुने पोलले देखाएको छ । प्रधानमन्त्री क्रिस हिप्किन्स र उनका मन्त्रीहरुले लगातार गरेको गल्तीका कारण लेबरको सरकार विवादित बन्दै आएको छ ।