न्युजिल्याण्डको चुनावमा क-कस्ले भोट हाल्न पाउछन् ?

514 Shares

५४ औँ प्रतिनिधि सभाका लागि न्युजिल्याण्डमा आउदो अक्टोबर १४ मा आम निर्वाचन हुँदै छ । यो निर्वाचनमा न्युजिल्याण्डका नागरिकले आगामी ३ वर्षका लागि संसदमा नयाँ प्रतिनिधि चुन्ने छन् । कुल १२० सिटको लागि निर्वाचन हुने छ ।

न्युजिल्याण्डको संसदमा ७२ जना समानुपातिक सुचीबाट निर्वाचित हुने छन् भने बाँकी ४८ जना राजनीतिक दलको बन्दसुचीका आधारमा निर्वाचित हुने व्यवस्था छ ।
हरेक मतदाताले दुई चोटि मतदान गर्नु पर्ने हुन्छ । एउटा पार्टीको लागि र अर्को आफ्नो क्षेत्रबाट उठेको उमेदवारका लागि । पहिलो मतदान अन्तर्गत ५ % थ्रेसहोल्ड कटाउने पार्टीले समानुपातिक तर्फ सिट पाउने छ ।

मतदान अक्टोबर २ तारिक बाट सुरु हुने छ भने अन्तिम दिन अर्थात निर्वाचनको दिन अक्टोबर १४ तारिकका दिन सकिने छ । अक्टोबर १४ का दिन मतदान स्थल बिहान ७ बजे देखि साझँ ५ बजे सम्म खुल्ने छ ।

भोट कस्ले हाल्न पाउने ?

न्युजिल्याण्डको निर्वाचनमा भोट हाल्न १८ वर्षको उमेर पुरा भएको हुनु पर्ने छ । निर्वाचनमा सहभागी हुन न्युजिल्याण्डको नागरिक हुन अनिवार्य रहेको छ । त्यस्तै स्थाई बसोबास भिसा पाएका अर्थात पिआर पाएकाले पनि यो निर्वाचनमा आफ्नो मत दिन पाउने छन् । मत दिने हरेक नागरिक जीवनमा कुनै समय कम्तिमा १२ महिना वा बढी न्युजिल्याण्ड बसोबास गरेको हुनु पर्ने छ ।
यो निर्वाचनमा भोट् हाल्न ईनरोल हुन आवश्यक पर्दछ । आउदो सेप्टेम्बर १० तारिक भित्र आफ्नो नाम दर्ता गर्नेलाई निर्वाचन आयोगको तर्फबाट निर्वाचनमा कसरी सहभागी हुने जानकारी गराईन्छ ।

मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न यहाँ क्लिक गर्नु होला

सम्बन्धित समाचार

सबै