न्युजिल्याण्डमा आज ३३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोनाको संक्रमण भेटिएको हो । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ९५५ पुगेको छ । २१ जनाको अस्पतालमा उपचार भईरहेको छ । ४ जनालाई भने आईसियुमा राखेर उपचार गराईरहेको मन्त्रालयले जनाएको छ ।


